“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरामा दुईदिने तालिम सम्पन्न

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ र २ मा सम्पन्न भएको छ ।
“हामीलाई पनि समावेश गर” नारा लिएर अघि बढेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएमको साझेदारीमा यो तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास सचिव रामचन्द्र श्रेष्ठले संविधानले सबैलाई समान नीति तथा अधिकार हुँदा पनि व्यवहार समान नरहेको बताउदैं सरकारी तवरबाट नै धेरै सुधार हुन बाँकी रहेको जनाउनु भयो । उँहाले भवन निर्माणमा धेरै ध्यान दिन जरुरी रहेको बतााउनु भयो ।


पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाइन गरी न्यायोचित समाज सिर्जना गर्ने उद्देश्य राखेर दुईदिने तालिम सञ्चालन गरिएको तालिमका सहजकर्ता तथा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार पहुँचयुक्त भवन डिजाइनका लागि राष्ट्रिय भवनसंहिता र अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू भई कार्यान्वयनमा गए पनि ती प्रयासले पहुँचयुक्तताका सबै प्रावधानलाई समेट्न सकेका छैनन् ।

‘अपाङ्गता भएका व्यक्तिको संस्था (डीपीओ), प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटी विज्ञ) र सञ्चारकर्मीहरुको तालिममा सहभागीता थियो । पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त सम्बन्धी विध्यमान संरचना/सेवामा विश्वव्यापी संरचनाका सिद्धान्तको प्रयोगको अवस्था, विभिन्न वस्तुको समावेशी डिजाईन, विश्वव्यापी संरचनाका सिद्धान्तको परिचय र प्रयोगवारे पुनरावलोकन, पहुँचयुक्तताको अर्थ र व्यापकता, पहुँचयुक्तता सम्बन्धी विध्यमान नीतिगत व्यवस्था, निर्देशिका र मापदण्डहरू सम्बन्धि समसामयिक विषयवस्तुमा सरोकारवालाबीच व्यापक छलफल भएको थियो ।
उक्त तालिमलाई सुजाता शाक्य , बिमला तुलाधर , देवेन्द्र खनाल , राजु बस्नेत , खोमराज शर्माले सहजिकरण गर्नु भएको थियो ।

Facebook Comments Box