पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन ३० करोड दिने


मोरङ ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड रुपैयाँ सरकारले दिन लागेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निणर्यानुसारनै जलहरि लगाउने निणर्य कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट पारे । उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निणर्यअनुसार नै नियुक्ति हुने पनि बताए। रासस

Facebook Comments Box