पर्यटनमन्त्री शर्माद्वारा अन्तर्राष्ट्रिय कला प्रद्वर्शनीको उद्वघाटन २७ अन्तराष्ट्रिय पुरस्कारहरुको घोषणा

पोखरा । “कलाकारको लागिकलाकार” अन्तराष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रद्वर्शनी (२०७८) मंगलबारबाट सुरु भएको छ । नगेन न्यूज पब्लिकेसन प्रा.लि.ले आयोजित उक्त प्रतियोगिताको आज एक कार्यक्रमको आयोजना गरि पोखराबाट उद्वघाटन गरिएको हो ।

कार्यक्रमको डिजिटल उद्वघाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, मन्त्री मणिभद्र शर्माले कलाकारहरुको लागी गरिएको यो नविन कार्य प्रशंसनिय रहेको बताउनुभयो । मन्त्री शर्माले सो कार्य एक मौलिक कार्य रहेको र अरुले पनि यसको नक्कल गर्नुपर्ने बताउनुभयो । कोरोना कहरको समयमा पनि कलाकारको लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रद्वर्शनी अहिलेको स्थितीमा बाध्यता सगँसगँै अवसर बन्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले उक्त पेन्टिङ्ग बिक्री भएको रकम सामाजिक कार्यमा लगाउने आयोजकको धारणा धेरै राम्रो रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले चित्रकलालाई पत्रकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । भण्डारीले पोखराबाट यो प्रर्दशनीको सुरुवात हुनु गौरवको कुरा रहेको भन्दै कला स्थापित गर्न नगेन न्युज पब्लिकेसन प्रा.लि.ले गरेको आन्दोलनमा पत्रकार महासंघ कास्की सधै साथमा रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

“न प्रायोजक न समर्थक न प्रबद्र्धक मात्रै कलाकारको लागि कलाकार” मुल नाराका साथ कला र कलाकारको समृद्वि, बिकास र प्रबद्र्धनको लागि हरेक बर्ष एक नाम, दाम र सम्मान हरेक कलाकारले पाउन भन्ने उद्देश्यले “कलाकारको लागि कलाकार” अन्तर्राष्ट्रिय अनलाइन खुल्ला कला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको कार्यक्रमका सभापति तथा नगेन न्यूज पब्लिकेसन प्रा.लि.का अध्यक्ष ज्योती हमालले जानकारी दिनुभयो । प्रतियोगिताबारे जानकारी दिँदै हमालले कलाकृतिहरू बिक्री भई उठेको रकम ७०% स्वयं कलाकारलाई १०% पुरस्कारलाई १०% कल्याणकारी कार्यक्रमलाई र १०% स्मारिकालाई छुट्टयाईने जानकारी दिनुभयो । उहाँले कम्तिमा १८ बर्ष उमेर पुगेको १५ देशका १६० कलाकारहरु, २ अप्रतीयोगी र ५ जना निर्णायक गरि १६७ कलाकारहरुले विभिन्न माध्यम, तरिका र साईजमा बनाएका कलाकृतिहरूको असोज ५ गते अर्थात मंगलबारदेखि नै www.nagenart.com मा एक महिना सम्म प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।

कोरोना कहरको समयमा सबैले आफ्नो बारेमा सोचि रहँदा कलाकारका बारेमा कसैले केहि नगरेकाले कलाकारको सोसियल मिडीया मार्फत कलाकारले पनि केहि गर्नुपर्ने आवश्यक रहेकोले “कलाकारको लागि कलाकार” प्रतियोगिता तथा प्रद्वर्शनी गरिएको नेपाल एकेडेमी फाइन आट्र्स, नेपालका प्राज्ञ नगेन सिंह ठकुरीले बताउनुभयो ।

सो प्रतियोगिताको निर्णायकमा प्राध्यापक डा. सुमेर जावाड, कला र डिजाइनको कलेज, पंजाब विश्व विद्यालय, पाकिस्तानमा प्रिन्सिपल, दादुल चालिहा विश्वव्यापी कलाकार, गुवाहाटी, आसाम, भारत, प्राध्यापक दीवान मिजान शान्तो(मरियम क्रिएटिव टेक्नोलोजी विश्व विद्यालय, ढाका, बंगलादेश, प्राज्ञ ज्योति प्रकाश बीके ललितकला विभाग, त्रिवि, नेपाल विभाग, प्राज्ञ नगेन सिंह नेपाल एकेडेमीफाइन आट्र्स, नेपाल रहेका थिए ।

सो अवसरमा प्राज्ञ ठकुरीले सामाजिक संजाल अन्तर्राष्ट्रिय पुरस्कारहरू प्रदर्शनी समाप्ती पछि सार्वजनिक गरिने र १४ ओटा सोसियल मिडीया मार्फत प्रर्दशनीको सम्प्रेषण गरिने जानकारी दिनुभयो ।

प्रतियोगीहरूमा पुरस्कृत २७ जना कलाकारहरू यस प्रकारका छन् ।
१.अरनिको अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Celso Duazo Pepito (Phillippines)
२.लियोनार्दो दा भिन्चीअन्तर्राष्ट्रिय पुरस्कारमा श्री Rajendra kunwar ( Nepal)
३.पाब्लो पिकासो अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Hassan Babar ( Pakistan )
४.ज्याक्सनपोलक अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Maxine xie Xian Xin ( Malaysia)
५.भिन्सेन्टभ्यानगगअन्तर्राष्ट्रिय पुरस्कारमा Neeger Saeeda Tasneen ( Bangladesh )
६.पौलगगुनअन्तर्राष्ट्रिय पुरस्कारमा श्री Gopi shrestha ( Nepal )
७. जेएमडब्लु टर्नर अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Ann Nicodemo ( Italy )
८.माईकलएन्जोलो अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Rabi Ali Khan (Pakistan )
९.एमएफ हुसैनअन्तर्राष्ट्रिय पुरस्कारमा श्री Rajkumar Paul ( Bangladesh )
१०. साडेक्वेन अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Gehendraman Amatya ( Nepal )
११.शिल्पाचार्य जैनुलआबेअन्तर्राष्ट्रिय पुरस्कारमा श्री Buddhi Thapa ( India )
१२.अटनुर डुगन अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Bikram shishir (Nepal)
१३. Amateur  international Award  PeshalaPremathike ( Sri Lanka )
१४. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Anjon Kumar Roy (Bangladesh)
१५. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Anmol Mathur (India)
१६. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Arkom Thongprong (Thailand)
१७. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Sadia Bashir (Pakistan)
१८. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Erich González Triana ( Cuba )
१९. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Fe Madrid Pepito ( Philippines)
२०. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Emilia Șulea (Romania)
२१. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Isabella Scucchia ( Italy)
२२. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Madeleine Albrecht (France)
२३. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Rahman Mohamed (Malaysia)
२४. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Raju Manandhar (Australia)
२५. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Sapna poudel Maharjan (Nepal)
२६. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री SM Asadullah ( UK )
२७. विशेष अन्तर्राष्ट्रिय पुरस्कारमा श्री E. Alana James ( Ireland)

Facebook Comments Box