परमार्थनगर क्लवको सरसफाई कार्यक्रम


लेखनाथ । पोखरा महानगरपालिका वडा न. २७ डाडाकोनाकमा स्थापित परमार्थनगर क्लवको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक तथा संस्कृतिक कार्यक्रममा युवाहरुलाई अग्रसर गराउनको निम्ति स्थापित उक्त क्लवले शनिवार आफ्नो टोलको सरसफाई कार्यक्रम गरेको हो । बाहिरी डाडाकोनाक तथा भित्री डाडाकोनाकमा केन्द्रविन्दु बनाई आयोजित सोहीकार्यक्रममा स्थानिय बासिन्दाको समेत सकृय सहभागिता रहेको थियो ।
परमार्थनगर क्लवका अध्यक्ष मनोज गुरुङले यस्ता किसिमका कार्यक्रममा स्थानिय युवाहरुको उपस्थितिले क्लव संचालन गर्न थप मनोबल भएको तथा उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
क्लवका उपाध्यक्ष विकाश लामिछानेले क्लवले आगामि दिनमा पनि यस्तै किसिमका सामाजिक कार्य गर्ने र सामाजिक कार्यमा युवालाई परिचालन गर्न सकेको खण्डमा समाजमा हुने विभिन्न अ—सामाजिक कार्यलाई समेत निवारण गर्न सकिने धारणा राख्नु भएको थियो ।
क्लवका सचिव आदर्श लामिछानेले संचालन गरेको उक्त कार्यक्रममा करिव ५० क्लवका सदस्यहरुकोउपस्थित रहेको थियो ।

Facebook Comments Box