पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीलाई लामा अमृत फाउण्डेशनद्वारा बधाई

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको नव निर्वाचित पदाधिकारीहरुलाई लामा अमृत फाउण्डेशनद्वारा बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा एक कार्यक्रमको आयोजना गर्दै फाउण्डेशनका अध्यक्ष अमृत गुरुङ लामाले नवनिर्वाचित कार्यसमितिलाई खादा, अबिर र पुष्पगुच्छाद्वारा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा पत्रकार महासंघ कास्कीकी नवनिर्वाचित अध्यक्ष एवम् पहिलो महिला पत्रकार विमला भण्डारीले निर्वाचनका बेला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा पत्रकारकै हकहितका विषयलाई प्रोत्साहन गर्ने हेतुले कार्यक्रम तय गर्ने बताउदैं अब सबै मिलेर महासंघका साझा मुद्दाभित्र अडिक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पत्रकारितामा योगदान पुर्याएका व्यक्तिहरुको सल्लाह सुझावलाई महासंघले आत्मसाथ गर्दै आगामी कार्यक्रम तय गर्ने बताउनु भयो । उहाँले अब पोखरामा भएका सबै संघसंस्थासँग समन्वय गरेर महासंघ अगाडि बढ्ने बताउनु भयो ।
भण्डारीले महासंघले अघिल्लो कार्यकालमा बनाएका केही योजनाहरु अधुरो रहेको र त्यसलाई पूणर्ता गर्ने जिम्मेबारी अहिलेको कार्यसमितिमा भएको उल्लेख गर्दै विगतका कार्यक्रमको निरन्तरता सँगै आफु नेतृत्वको कार्यसमितिले नयाँ योजना बनाएर उत्पादनमुखी पत्रकारितामा जोड दिने बताउनु भयो ।


लामा अमृत फाउण्डेशन घान्द्रुकका अध्यक्ष अमृत गुरुङले आफ्ना हरेक कार्यक्रममा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै गुरुङले महासंघका कार्यक्रममा फाउण्डेशनको संलग्नता रहनेतर्फ जोड दिनुभएका थियो । गुरुङले फाउण्डेशनको कार्यक्रममा पत्रकारको साथ सहयोग रहदै आएको र आगामी कार्यक्रममा पनि रहने विश्वास व्यक्त गर्नु भयो ।
उक्त बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित सहसचिव श्रीराम सिक्देल, समावेशी सहसचिव रेम विक, महिला सदस्य सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्य पदम कुमार श्रेष्ठ, र खुला सदस्यहरु गीता रानामगर, धन बहादुर गुरुङ (सुमन), युवराज गुरुङ (युनिश), सन्तोष सुवेदी, सन्तोष बस्याल, प्रभु अधिकारी लगायतको सहभागिता रहेको थियो ।
अन्य निर्वाचित सचिव माधव बराल, महिला उपाध्यक्ष जमुना शर्मा र उपाध्यक्ष रामप्रसाद तिमील्सिना काम बिशेषले बाहिर भएकोले सहभागी हुन सकेनन् ।

Facebook Comments Box