पत्रकार उमा आलेलाई मातृ शोक


पोखरो । प्रेस संगठन कास्कीका कार्यसमिति सदस्य उमा आले मगरलाई मातृ शोक परेको छ । आलेकी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार राति निधन भएको हो ।
उहाँ जण्डिसबाट पीडित हुनुहुथ्यो । पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी उहाँका श्रीमान, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रेस संगठन कास्कीले एक शोक विज्ञप्ति निकालेर कार्यसमिति सदस्य उमा आलेकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रेस संगठन कास्कीका संयोजक माधव बरालले जारी गरेको शोक विज्ञप्तिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । विज्ञप्तिमा यस दुखत् घडीमा उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनामा हार्दिक समवेदना प्रकट गरिएको छ ।

Facebook Comments Box