नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

नेपाल स्टारको उपाधि सहित ३५ लाख रुपैयाँ नगद पुरस्कार पोखराकी एलिना गुरुङले जितेकी छन्।mसबैभन्दा ठूलो गायन प्रतियोगिता रियालिटी शो नेपाल स्टारको पहिलो विजेताको छनोट नेपाल टेलिभिजनबाट भएको हो।

देशभर सातै प्रदेशमा गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनोटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन्।
सातै प्रदेशमा अडिसन गरी १ सय ८० जना प्रतिश्पर्धी छनौट गरिएको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट भएकी गुरुङलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिएको छ भने अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

Facebook Comments