नेपाल मगर सस्कृतिक सघंद्दारा ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ की फाइनल लिष्ट तारा श्री मगरलाई बधाई ज्ञापन एवं सम्मान कार्यक्रम

पोखरा । नेपाल मगर सास्कृंति सघं जिल्ला समंन्यवन समिति कास्कीको आयोजनामा ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ की ९फस्ट रनर अफ० फाइनल लिष्ट गण्डकी प्रदेशकी चेली तारा श्री मगरलाई बधाई ज्ञापन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल मगर सघंकी अध्ययक्ष सरिता सारु मगरको अध्ययक्षतामा भएको थियो ।

कार्यक्रमा गण्डकी प्रदेश भुमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चंन्द्र बहादुर बुढा मगर (सागर) ले गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गरी फाईनल सम्म प्रवेश गर्नु नै ठुलो कुरा भएको बताउनु भयो । उहाँले साङ्गगीतिक क्षेत्रलाई उच्च कोटीमा पुर्‍याउनु हुनेछ, भविष्यमा सफलता मिलोस् भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

नेपाल मगर सघंकी अध्ययक्ष सरीता सारु मगरले हाम्रै गण्डकी प्रदेशकी चेली तारा श्री मगरलाई सास्कृंतिक क्षेत्रबाट बधाई दिन पाएकोमा खुःशी व्यक्त गर्दै, आगमी दिनमा साङ्गगीतिक क्षेत्रमा अघि बढ्दै र बढाउदै जानु होला भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘द भ्वाईस अफ नेपाल’ सिजन ३ को (फस्ट रनर अफ) फाइनल लिष्ट गण्डकी प्रदेशकी चेली तारा श्री मगरले फाईनल सम्म पुर्‍याउनका लागि जति पनि स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले सहयोग गर्नु भयो र नेपाल मगर सघं, सास्ंकृति सघं अन्य थुप्रै सघं –सस्थाहरुले सहयोग गरी साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै अझै आगमी दिनहरुमा पनि यस्तै साथ र हैसला मिलि रहोस्, अपेक्षा गर्दछु भन्दै आफ्नो भनाई व्यक्त गर्नुभयो ।

कार्यक्रम विभिन्न सघं सस्थाको अतिथिमा सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन नेपाल मगर सास्कृंति सघं जिल्ला समंन्यवन कास्की की सदस्य कुमारी बुढा मगरले गर्नुभएको थियो ।

Facebook Comments Box