नेपाली सेनाले बुधबार पनि बख्तरबन्द गाडी सडकमा प्रदर्शन गर्ने

पोखरा, नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा प्रदर्शन गरेको छ ।
काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो ।
बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई महत्त्वपूणर् र आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले नियमित अभ्यास नै भनेको छ । बख्तरबन्द गाडीसहित प्रदर्शन गर्नु अगाडि नै सेनाले यसबारे जानकारी दिएको थियो ।
गएको आइतवार सेनाले ट्वीटमार्फत नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार सोमवार राति बख्तरबन्द गाडीहरुले काठमाण्डौ चक्रपथको चक्कर लगाउने जनाएको थियो । यस्तै, सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट भोलि बुधवार बिहानै देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ ।

Facebook Comments