नेपाली कांग्रेस वडा इकाई ६ बैदामको शुभकामना आदान प्रदान तथा चियापान

पोखरा । नेपालीहरुको महानपर्व विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको उपलक्ष्यमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश मन्त्रि कमार खडकाले कम्यूनिष्ट साशकहरुले देश र जनताको वारेमा सोच्न नसकेको केवल आफ्ना नेता र वरिपरिका मान्छेहरुको मात्र स्वार्थ हेरेर कार्य गरेको बताउँदै अव कांग्रेस नेता र कार्यकर्ताले मन भित्रका विकृति र नराम्रा कुराहरुलाई दिमागबाट हटाएर राम्रा कुरामात्र लिएर अगाडि वढ्नु पर्ने सुझाव दिनुभयो । प्रदेश सरकारले कोरोना बाट मृत्यु भएका परिवाजनहरुलाई जनही रु पचास हजार सहयोग प्रदान गरेको बताउदै गण्डकी प्रदेशमा अव जेष्ठ नागरिक र मिर्गाैला रोगीको लागि डायलसिस र महिलाहरुको पाठेघरको मुखको क्यान्सरलाई निशुल्क औषधि उपचार गरिने बताए । बैदाममा बन्न लागेको विपि स्मृति भवन निर्माणका लागि प्रदेश सरकारबाट रु पाँच लाख सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस कास्कीका युवा नेता तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास योजना तथा यातायात मन्त्रि कुमार खडकाको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व पर्यटन राज्य मन्त्रि महादेव गुरुङ, क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा, महासमिति सदस्य तथा पूर्व सभापति खेमराज पौडेल, महासमिति सदस्यहरु रामचन्द्र त्रिपाढी,राजु पौडेल, दिपक गुरुङ्ग, सारदा पौडेल, नेपाली काग्रेस कास्की प्रवक्ता नविन सिग्देल, तरण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, पत्रकार गंगाधर पराजुली, जिल्ला सदस्य शंकर ढुङ्गना, जिल्ला सदस्य लक्ष्मण पहारी ने.का. पोखरा महानगरका नवनिर्वाचित सभापति सुरेन्द्र मान विजुक्छे, शिक्षा विभाग केन्द्रिय सचिब डा.कृष्ण पौडेल, नेपाली काँग्रेस सुभेछु संस्था समन्वय विभागका केन्द्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि दिपकविर कुँवर, कास्की क्षेत्र न. ३ प्रदेश ख का सभापति प्रकास बराल र सल्लाहकारहरु निकन्ठ शर्मा, जनकलाल श्रेष्ठ, होमबहादुर लामिछाने, तेजनारायण पराजुलि र मिडिया सल्लाहकार गणेश पहारी लगायतको उपस्थिति रहेको थियो ।
पूर्व कास्की जिल्ला पाटि सभापति तथा महासमिति सदस्य खेमराज पौडेलले बैदाम क्षेत्र काग्रेस उर्वर भुमि रहेको बताउदै, बैदाम काग्रेस अग्रजले देखाएको बाटोमा हिड्न सुझाब दिनुभयो ।
इकाइ सभापति सन्तोष पौडेलले अव नेपाली कांग्रेसको पहिलो काम कम्यूनिष्टलाई परास्त गराएर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने रहेको बताउनुभयो । बैदाममा विपि स्मृति भवनको निर्माण अगाडी बढ्ने प्रक्रियामा रहेको जानकारी दिदै अग्रजलाई सम्मान र यूवा लाई प्रोत्साहन भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता बक्त गर्नुभयो ।

तरुण कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण यूवाहरुलाई साथ लिएर अघि बढे मात्र काग्रेसको भविष्य उज्वल रहने बताउनुभयो ।
पोखरा महानगर पालिका वडा न ६का अध्यक्ष जगतबहादुर पहारीले बैदाममा रहेका बसुन्धारा पार्क , कोमागाने पार्क र क्यामपिन पार्क अवस्थित रहेको हुदा यसलाई ब्यवस्थित गरि पर्यटकीए स्थल बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
पूर्व वडा अध्यक्ष तथा जग्गा दाता होमबहादुर लामिछानेले काग्रेसमा अहिले अग्रजलाई सम्मान गर्ने परिपाटी हराएकोले अग्रजहरुको राय सुझाव र सल्लाहमा अघि बढन नेतृत्व तहलाई आग्रह गरे ।

क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले आगामी हुने तिनै तहको निर्वाचन जिताउन एक भएर लाग्नु पर्ने बताउनुभयो ।
महानगर नेका सभापति सुरेन्द्रमान विजुक्छेले वडा इकाई महानगरको जग भएकोले वडा इकाई वलियो भएपछि मात्र महानगर वलियो हुने दावी गर्नुभयो ।
यस्तै पर्यटन ब्यवसायी तथा क्षेत्रिय प्रतिनिधि गणेश बहादुर भट्टराईले प्रजातन्त्र जोगाइ राख्ने पाटि नेपाली काग्रेस भएको हुदा देश र प्रजातन्त्र जोगाउनका लागि नेपाली काग्रेस एकजुट भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
वडा इकाइका सभापति सन्तोष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा इकाइ उपसभापति शिवजि कुवर, महिला सघं इकाइ सभापति मन्धरा ढकाल, नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी ६का अध्यक्ष गिरिराज अधिकारी, सचिब शिब जिसी र प्रकाश न्यौपाने लगाएतले आफ्ना भनाइ राखेका थिए ।

Facebook Comments Box