नेपाली कांग्रेस खेलकुद विभागको कार्यक्रम भद्रगोल,अप्रजान्त्रिक र टिके प्रथाको निरन्तरता


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले बुधबार पोखरामा आएर प्रधानमन्त्री केपि ओलिको अलोकतान्त्रिक कदमको बिरुद्ध खेलाडिहरुलाई त आबहान गर्नु भयो तर आफूले प्रधानमन्त्री केपि ओलिकै पथमा सवार भएर अनि कसरी यिनका कुरा हामीहरुले पताउने र यिनका पछि लाउने भन्दै थिए नेपाली कांग्रेसका जिल्लास्तरकै एक नेता ।
राम्रो काम गरे भातृ संगठन बनाउचु भन्दै कजाउने निति हो भन्ने प्रष्ट बुझदा बुझै पनि हामी पहिला भातृ संगठन पारित गर अनि काम गर्छै भन्न नसकेको अबस्था नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रियस्तरकै खेलाडिले नगेन न्यूज डटकमलाई नाम नबताउने सर्तमा भने एउटाले नाम प्रस्ताव गर्दै जाने अर्कोले समर्थन गर्दै जाने परम्परा हो भने नेपाली कांग्रेसको उपाध्यक्ष महामन्त्री केन्द्रिय पदाधिकारीहरु, जिल्ला सभापतिहरु गठन गरे भैगोनित किन महाधिबेशन गर्नु पर्यो ?


कार्यक्रममा बोल्दै खेलकुद विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन् । ‘केही प्राविधिक कारणले निस्क्रिय रहेको संघ अब जाग्छ,’ उहाले भन्नु भयो, ‘संघले अब प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने छ ।’
संघ केन्द्रिय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले समर्थन गर्नु भएको हो । संघका केन्द्रियअध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएको छन ।
संघको केन्द्रिय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिव विरबहादुर खड्का(सिन्धुपाल्चोक), बखत बहादुर शाही(हुम्ला), मनिष जोशी(काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ ।


सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्य बहादुर खड्का (सिन्धुपाल्चोक), हरि बहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीर बहादुर खड्का (सिन्धुपाल्चोक), रवि महर्जन (ललितपुर), पञ्च बहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिन बहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ)लाई मनोनित गरेको छ ।
संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कणर्ालीमा हरीबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय समिति समेत रहेका बस्नेतले द्रुतगतिमा खेल गतिविधी अगाडि बढाउँदै युवालाई आराम गर्ने समेत फुर्सद नदिने बताएका छन् ।
युवाहरुलाई कांग्रेसले समेट्न नसकेको आरोप रहेको भन्दै उनले यो आरोपलाई चिर्न संघले युवालाई खेलको क्षेत्रबाट समेट्ने बताए । वडा वडामा प्रशिक्षक पठाएर हजारौं प्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको उनले बताए । संघलाई भातृ संस्थाको रुपमा अगाडि बढाएर घोषणा भएको समितिको पूणर् समर्थन जनाउँदै हरेक कार्यक्रममा अघिपछि भएर हिड्ने उनको भनाई छ ।
एक फरक प्रसंगमा उनले कम्यूनिष्ट सरकारले खेल क्षेत्रमा भ्रष्टचार गरेको आरोप लगाए । हरेक क्षेत्रमा भ्रष्टचार गरेको कम्यूनिष्ट सरकारले खेलकुद क्षेत्रलाई पनि नछोडेको उनको भनाई छ । ‘कुनै पनि सहयोग दिन सरकारको अनुमती लिनुपर्छ,’ उनले भने, ‘यो सरकारले स्वीकृति बिना सहयोग लिन पाउने नियम बनाएको छ ।’
संयोजक घोषणा भईसके पछि उनिहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए ।
खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्र प्रेमी खेलाडीहरुलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो । संघले स्थापन भएदेखि नै खेलकुद क्षेत्रको विकाशमा उल्लेखनिय भूमिका खेल्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण के.सी, कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुद विभाग महासचिव मिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेत्रिय सभापती मधु बास्तोला र नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले बोलेका थिए ।
संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको दिपक गुरुङले स्वागत र पूर्व सांसद शारदा पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव सुवोध प्रधानले गरेका थिए ।

Facebook Comments Box