नेपाली कांग्रेसको मोदी गाँउपालिका कार्य समितिको पहिलो वैठक तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न

 पाटीको आन्तरिक निर्वाचनले संस्थागत सवलीकरण र कार्यकर्तामा क्रियाशिलता आएको प्रमुख अतिथि प्रसाईको भनाई ।।
पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत गत आश्विन ९ गते सम्पन्न मोदी गाँउपालिका अधिवेशनवाट नवनिर्वाचित पालिका कार्य समितिको पहिलो वैठक तथा प्रमाणपत्र वितरण समारोह शनिवार मोदी–६, डिमुवामा सम्पन्न भएको छ । समारोहमा गत आश्विन ९ गते सम्पन्न पालिका अधिवेशनवाट नवनिर्वाचित सभापति निर्दोष लामिछाने लगायत पदाधिकारी एवम् सदस्यलाई प्रमुख अतिथि नेपाली कांग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले प्रमाणपत्र वितरण गर्नु भयो । 
पालिका कार्य समितिको पहिलो वैठक तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै जिल्ला सचिव विश्व प्रकाश प्रसाईले जिल्लाका ७ वटै पालिकामा मतदानवाट नै नेतृत्व चयन भएको वताउनु हूँदै पाटी भित्र स्वच्छ प्रतिस्पर्धाले आन्तरिक लोकतन्त्र सुढृद हुने वताउनु भयो । पालिका अधिवेशनलाई कसैको जीत र कसैको हारको रुपमा लिनु भन्दा पाटी सुदृढीकरणको अभ्यासको रुपमा लिनुपर्ने उहाँको भनाई थियो । अव निकट भविस्यमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनको लागि गुट उपगुट त्यागेर मोदी कांग्रेसलाई एकवद्ध वनाई अगाडी लैजानु पर्ने उहाँको भनाई रहेको छ । प्रमुख अतिथि प्रसाईले पाटीमा पद पाए क्रियाशिल हुने, पद नभए निश्क्रिय हुने जो कोही राजनीतिमा सफल नहुने भन्दै मोदी कांग्रेस पर्वत जिल्लाकै नमुना वनाउन सवै मिलेर अगाडी वढनुको विकल्प नभएको वताउनु भएको छ । मोदीले अव नयाँ नेतृत्व जन्माउनुपर्ने भन्दै यसको लागि सवैको साथ र सहयोगको लागि उहाँले आह्वान समेत गर्नु भयो ।
कार्यक्रममा महासिमिति सदस्य मिना के.सी.ले गाँउपालिकामा धेरै विकृतीहरु रहेको तर पाटीले त्यसलाई चिरफार गर्न नसकेकोभ भन्दै अवको नेतृत्वले त्यस तर्फ ध्यान दिनुपर्ने वताउनु भयो । 
यसै गरी जिल्ला सदस्य रामवहादृर प्रसाईले पालिका अधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भए पनि लोकतान्त्रिक अभ्यासले पाटी थप सुढृद हुने विश्वास व्यक्त गर्नु भयो । 
यसै गरी पालिका सभापतिका प्रत्यासी दिपेन्द्रजंग लामिछानेले विगतमा मोदी कांग्रेसले सफल प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको औल्याउदै वर्तमान नेतृत्वको ध्यान आर्कषण गराउनु भयो ।
कार्यक्रममा मोदी–१ का पाटी सभापति जगन वहादुर गुरुङ्ग, वडा नं. २ का कार्यवाहक अध्यक्ष भुल वहादुर पौडेल, २ का पाटी सभापति राजेन्द्र हमाल, वडा नं. ५ का सभापति मन वहादुर अधिकारी, वडा नं. ६ का सभापति लक्ष्मण श्रेष्ठ, वडा नं. ७ का सभापति नारायण गौतम, वडा नं. ८ का पाटी सभापति भिम प्रसाद लम्साल, मोदी–२ का क्षेत्रीय प्रतिनिधी तिर्थ सुवेदी, निवर्तनमा सचिव रुद्र सुवेदी लगायतले पाटीको भावि कार्यनीति र व्यववस्थापन सम्वन्धमा मन्तव्य दिनु भएको थियो ।
मोदी गाँउपालिका कार्य समितिको पहिलो वैठकले सम्वन्धित सवै पक्षलाई धन्यवाद व्यक्त गर्ने, पाटी व्यवस्थापनको लागि पालिका पदाधिकारीहरुले मासिक ७ सय, सदस्यहरुले मासिक कम्तिमा १ सय र वडा सभापतिहरुले मासिक ५ सय रुपैयाको दरले स्रोत संकलन गर्ने निर्णय गरेको छ । सौ वैठकमा पाटी सचिव एवम् अध्यक्ष पदका प्रत्यासी विश्व प्रकाश प्रसाईले मासिक ५ हजार सहयोग गर्ने, सभापति पदका प्रत्यासी दिपन्द्रजंग लामिछानेले मासिक १ हजार र वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष भुल वहादुर पौडेलले ३० थान कुर्ची सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । वैठकले पालिका कार्यालयको रुपमा वि.पी. स्मृती भवन निर्माणको लागि सचिव विश्व प्रकाश प्रसाईले राख्नु भएको संकल्प प्रसाव समेत पारित गरेको छ ।
कार्यक्रम नेपाली कांग्रेस मोदी गाँउपालिका कार्य समितिका सभापति निर्दोष लामिछानेको अध्यक्षता, उपसभापति तिलक प्रसाद पौडेलको स्वागत एवम् सचिवद्वय कृष्ण वहादुर मल्ल र जिवन शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध नेपालका अध्यक्ष एवम् कार्य समिति सदस्य सावित्री खत्री क्षेत्रीले जानकारी दिनु भएको छ ।

Facebook Comments Box