“नेकपाको ढुंगामुढाबाट हामी चुप बस्दैन।“ पूर्व मन्त्री एनपी साउद

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले प्रधानमन्त्री कै पार्टीबाट शान्तिपूणर्सभामा आक्रमण हुनु घोर निन्द्नीय कार्य भएको बताए । “प्रजातन्त्रमा सबैले बोल्न पाउनु पर्छ । तर केपी ओली र उनका कार्यकर्ताले जनताको बोल्न पाउने स्वतन्त्रताको हनन गर्ने प्रयास गरेका छन्,“ साउदले भने , “नेपाली कांग्रेस नेकपाको ढुंगामुढाबाट चुप बस्दैन ।“


उक्त समूहले ढुङ्गा मुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो । उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य १० जना घाइते भएका छन्।
उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए । नेता भट्टका अनुसार आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो । जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए ।

Facebook Comments