नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका

पोखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा चन्द्रावति वाग्ले चयन भएका छन्।त्यसैगरी सदस्यहरुमा रमा प्रासर ,प्रतिभा न्यौपाने,रीता न्यौपाने,लीला पंडित,ओम कुमारी आचार्य र अनिषा बराल चयन भएका छन् ।
क्रियाशील पत्रकार महिला डब्लु डब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य कवि सरस्वती श्रेष्ठले पोखरा साहित्यको राजधानी भएको उल्लेख गर्दै आफुले कला,साहित्य ,संगीत र संस्कृति संरक्षणमा काम गर्ने वताउनु भयो ।
क्रियाशील पत्रकार महिला डब्लु डब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनीले नारी प्रतिभाहरुले साहित्य मार्फत समाजमा व्याप्त लैङ्िगक विभेदका विरुद्ध समेत आवाज उठाउनु पर्नेमा जोड दिनु भयो ।
प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव लक्ष्मी थापाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार रमा खतिवडा ,अम्बिका भण्डारी ,रीता न्यौपाने,रमा प्रासर,प्रतिभा शर्मा,लीला पंडित लगायतले रचना वाचन समेत गरेका थिए।

Facebook Comments Box