नारीहरूको पुकार “क्रन्दन” बजारमा

नेपालको वर्तमान आपराधिक परिप्रेक्ष्यमा निर्मित नारीहरूको पुकारमा आधारित गीत“क्रन्दन” बजारमा आएको छ ।
यो गीतको अडियो र भिडियो माघ २८ गतेका दिनमा नेपालका सम्पूर्ण मिडियाहरूबाट एकै पटक प्रदर्शन गरिएको छ ।
नेपालमा हाल महिलाहरू विशेषतः नाबालिग बालिकाहरूको बलात्कार र हत्याको घटना दिन प्रतिदिन बढ्दो छ । एउटा कुकृत्यको समाचार सेलाउन नपाउँदै अर्को आपराधिक क्रियाकलापको समाचार आइरहेको समयमा यसका लागि न त सम्बन्धित निकायको ध्यान पुगेको छ, न त समाज आफैंले कुनै कदम चालेर त्यस्तो घटनाहरूलाई निराकरण गर्न सकेको छ । महिला वा बालिकाले भोग्नुपरेको यो पीडा, यो क्रन्दनलाई केही शब्दहरूमा अटाएर प्रस्तुत गर्न खोजिएको गीत क्रन्दन हो ।

मेलिना राईको स्वरमा निर्माण गरिएको क्रन्दन गीतका रचयिता चलचित्र लेखक, विज्ञापनकर्मी, गीतकार विजय अधिकारी हुनुहुन्छ भने गीतलाई सङ्गीत सङ्गीतकार मोहित मुनालले दिनु भएको छ ।
एरो एड इ. प्रा. लि.को अ बक्स फिल्मस्‌बाट अनन्त जोशी र विजय अधिकारीसँगको संयुक्त सहकार्यमा रियलटाइम क्रिएसनका मोहित मुनालले निर्माण गरेको गीत हो ।
यो गीतको भिडियोको परिकल्पना र निर्देशन स्नेहा शर्माले गर्नु भएको हो । यो गीतको कोरियोग्राफी कलाकार वीरेन्द्र हमालले गर्नु भएको छ ।
यो भिडियोमा चर्चित बालकलाकार दिभांशी बैदवारका साथै युबिना भट्टराई, मीरा के.सी., वरिष्ठ कलाकार गीता थापा आदिको प्रस्तुति रहेको छ ।

Facebook Comments Box