नवनियुक्त मन्त्रीहरूको बरियताक्रम (सूचीसहित)- भण्डारी १५औं पटक पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।

पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका छन् । यस्तै महासेठपछि राजेन्द्र महतोभन्दा माथिल्लो वरियतामा छन् ।

मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।

भण्डारी १५ औं पटक

शरदसिंह भण्डारी


शरदसिंह भण्डारी तराईरमधेशको नाममा राजनीति गर्न शुरु गरेपछि तीन पटक मन्त्री बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका उनी बाबुराम भट्टराई सरकारमा रक्षामन्त्री थिए ।

तर मधेश राजनीतिमा आउनुअघि नै उनी धेरै पटक मन्त्री भइसकेका थिए । २०४३ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक सरकारमा गएका छन् ।

हेर्नुहोस् मन्त्रीहरुको वरियताअनुसार राष्ट्रपति कार्यालयले जारी गरेको नामावली

Facebook Comments Box