नयाँ बर्ष खासमा के हो त ?- कबिता, नेम तमाङ


अनि नयाँ बर्षमा
शहिदहरुको सपना बास्तबिक हुन्छ रे त ?
बा आमा गुमाका
सिन्दुर पुछिएकाहरुका मन
के ले बुझाउने रे त ?
आखिरमा कल्लाई आयो रे त ?
साबिक झै यी एक थरीलाई मात्र
हसाउने, नचाउने नयाँ क्यालेन्डरको बेकार बर्ष
कि कोरोनाको संक्रमण ग्रस्त आइसिउयूका
बिरामी र संस्कार्न नपाइएका शवहरुलाई
विसेर मनाउनु पर्ने रे त यो निस्सार नया बर्ष
कि ती घर जलाएर खरानी धस्ने
अलग्गीएका अन्तघार्ती र
सामम्राज्यवादी र बिस्तारबादी अनि
बिकास बिरोधी दलालीलाई
कम्फरटेबलबादीलाई आयो रे हो त ?
कि भीडका भेडाहरुलाई आयो ल
नयाँ बर्ष खासमा के हो त ?
-नेम तमाङ

Facebook Comments Box