धादिङ पोखरा सम्पर्क समाजको भवनको निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने सांसद बरालको भनाई

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले धादिङ पोखरा सम्पर्क समाजको पोखरामा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।
समाजको बार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा आयोजित रंक्तदान कार्यक्रमको उद्घाटन गर्दै सांसद बरालले समाजको भवन निर्माण गर्न आवश्यक प्रकृया मिलायर आएमा जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनु भएको हो ।
कोरोनाकालमा समाजले रंक्तदान जस्तो पवित्र कार्यलाई यस बर्ष पनि निरन्तरता दिएकोेमा पं्रशम्सा गर्दै कोरोना शंक्रमण दर केही घटे पनि अझै सचेत र सजग हुनै पर्नेमा सांसद बरालले जोड दिनुभयो ।
समाजको १८ औं संस्करणको रंक्तदान कार्यक्रमबाट ७८ यूनिट रंक्त संकलन भएको समाजले जनाएको छ । समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएकोे कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शुम्भु अधिकारी, कार्यक्रम संयोजक कुमार आचार्य लगायतले रंक्तदानको बारेमा चर्चा गरेका थिए ।
धादिङ पोखरा सम्पर्क समाजको चाहना, निःस्वार्थ समाज सेवाको भावना भन्ने नारा सहित समाजले हरेक बर्ष रंक्तदान सहित सामाजिक कार्य गर्दै आएको समाजको दाबी छ ।

Facebook Comments Box