थ्रि एन्जल्स नेपालको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको आर्थिक वर्ष २०७७÷७८ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि भर्चुवल रुपमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्काले सहजीकरण गर्नुभएको थियो । खड्काले सामाजिक लेखाजोखाको विधि र प्रकृयाबारे बताउँदै यसका सिद्धान्तबारे अवगत गराउनुभयो । उहाँले सामाजिक लेखाजोखाको उद्धेश्यमा केन्द्रित रहेर गरिएको लेखा परिक्षणबाट थ्रि एन्जल्स नेपालका सम्पूर्ण कार्यक्रम चुस्त दुरुस्त अघि बढेको पाईएको बताउनुभयो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार गौतमले मानव बेचविखन मुक्त समाज निर्माणको लागि संस्थाले उद्धार रोकथाम र पुनःस्थापनाको माध्यमबाट गर्दै आएका कामबारे प्रष्ट पार्नुभएको थियो । उहाँले संस्थाका कर्मचारीहरुका आचार संहिता, संस्थाको भौतिक सम्पत्ति विवरण, विभागहरु, संस्थालाई दिगो रुपमा सञ्चालन गर्न गरिएकाप्रयासहरु, पारदर्शीताका लागि संस्थाले अपनाएको विधिलगायतबारे अवगत गराउनु भयो । साथै मानव बेचविखन विरुद्धको कार्यक्रम, बालबालिका केन्द्रित कार्यक्रम, आय–व्यय, संस्थाका चुनौतीहरुबारे समेत जानकारी गराउनुभयो ।
विश्वव्यापी कोभिड महामारीका कारण भौतिक रुपमा कार्यक्रमहरु सञ्चालन गर्न कठिन भएको, सेवाग्राहीहरुको पुनस्थापनामा चुनौती देखिएको, सामाजिक सञ्जालको दुरुपयोग बढ्दा बालबालिकाहरुमा असर परेको डा.गौतमले बताउनुभयो ।
संस्थाका विभिन्न विभागहरु, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु, विद्यालय, रेडियो, बालगृह, सहकारी, लघुवित्त कार्यक्रमले सेवाग्राहीहरु समक्ष वर्षभरी पु¥याएको सेवाबारे उहाँले प्रष्ट पारेका थिए । सो अवसरमा डा. गौतमले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमबारे समेत अवगत गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले संस्थाको विगत १०÷१२वर्षदेखिको उच्च छवि कायम रहन सकोस भन्ने शुभकामना दिदैं बालबालिका र महिलाको क्षेत्रमा संस्थाले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
व्यवसायी एवं सरोकारवाला गोपाल ध्वजुले अनेक चुनौतीका बाबजुद मानव बेचविखन मुक्त समाज निर्माणका लागि संस्थाले काम गरेको भन्दै प्रसंसा गर्दै संस्थाले शिक्षा क्षेत्रमा छोटो समयमै निकै प्रभाव पार्न सफल भएको बताउनुभयो ।
सेवाग्राहीको तर्फबाट सुमन रानाले संस्थाले आफूलाई आवासिय संरक्षणमा राखि भविश्य निर्माण गर्ने अवसर प्रदान गरेर ठुलो गुन लगाएको बताउदैें हाल आफू संस्थाकै सहकारीमा आवद्ध भएर मार्केटिङ म्यानेजरको रुपमा काम गरिरहेको भन्दै संस्थाको प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै नागरिक समाजका प्रतिनिधि एवं पत्रकार स्याम कुँवरले थ्रि एन्जल्स नेपालका हरेक गतिविधिहरु निकै प्रभावकारी रहेको बताउनुभयो ।
थ्रि एन्जल्स नेपालका कार्यक्रम व्यवस्थापक विवेक शर्मा ढकालले संस्थाल र्कमचारीहरुका लागि यस विषम परिस्थितिमा अभिभावकीय भूमिका खेलिरहेको बताउनुभयो ।
थ्रि एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले विषम परिस्थितिमा संस्थाले सेवाग्राहीका समस्या बुझेर सोही अनुसारका काम गरिरहेको जानकारी दिदैं प्राप्त सुझाव र सल्लाहलाई मध्यनजर गरी आगामी दिनमा संस्थाका कामहरु अझ प्रभावकारी बनाईने प्रतिवद्धता जनाउँदै सबै सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारी, शक्ति समुहका सरिता पौडेल, नागरिक समाज कास्कीका संयोजक विष्णु बराल, पत्रकार, सारोकारवाला विभिन्न निकायका व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका कानून अधिकृत अधिवक्ता भीम पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box