तनहुँमा युवा तरूणहरूको भेला सम्पन्न


तनहुँ । भानु नगरपालिका ३ मा युवा तरूणहरूको भेला सम्पन्न भएको छ ।
महासमिति सदस्य तथा नेबिसंघका पूर्ब महामन्त्री आनन्द राज त्रिपाठीले अब युबाहरू राष्ट्र निर्माणमा होमिने बेला आएको बताउनु भयो । अबहुने जुनसुकै निर्बाचनमा पनि सक्रिय सहभागीताका साथ नेतृत्व लिनको लागि अग्रसरता लिनेबेला आएको बताउनु भयो ।
त्यस्तै नेपाल ललितकला लोकतान्त्रिक संघका केन्द्रीय सभापति प्राज्ञ नगेन सिहं ठकुरीले अत्याधुनिक बैज्ञानिक बिचार, असल नीति र सक्षम नेतृत्व अब ४० बर्ष मुनिकाले गर्न सक्ने बताउनु भयो ।
नेपाली कांग्रेस पोखरा(२७का बडा सचिब बिश्व राज पौडेलले राष्ट्र निर्माणको लागि युवाले बिद्रोह गरि अगाडि बढनु पर्ने बताउनु भयो ।
युबा नेता दिनेश त्रिपाठी र दिनेश बिष्टले भेलाको संयोजन गरेका थिए ।
सन्जु गुरूङ, बिष्णु गुरूङ, कृष्ण परियार लगायतका युबा नेताहरूको सहभागी रहेको थियोे ।

Facebook Comments Box