डस्बिनमा फालिएको रफ कबिता -परदेशी, बिक्रम शिशिर

परदेशी,

एक हुल सपना बोकेर

परदेशी घर फर्किन्छ 

आफ्नो सम्पर्कमा

घर रहदैनं ,

अनि मात्र

घर बनाउछ हकिकतमा

घर धनीको सौभाग्य

हालतले सृजना गराउछ

लाचार बेवसी दुखदायी

केवल अपमानित भएका रहर

कुण्ठित बिचार बाट

डस्बिनमा फालिएको रफ कबिता

आफ्नै बाट एक्लीयको मन

कुन बिन्दु बाट सुरु हुन्छ

बिगठन परिवार को ।


बिस्वासको चौताराका

वर पिपल मध्ये एक

कुन रुखमा ऐजेरू पलायो

सित सित रहेन

लु लु रहेन

कुनै दिन फुलेका फुल

पिपलकांडा भयकाछन

फलेका बरका फलहरू

मट्याङग्रा मा परिणत हुन्छन

ऐजेरू लहरामा

गीठोका फल जस्तो।

हिमायती, हिमायती रहँदैन

मात्र मौका खोर हुन्छन्

कुनै समय राजनीति जस्तो

कहिले एक्लै भयर हुल मानिसहरु

कहिले भिडबाट एकलो निर्णय

बिगठन बिचार

बिगठन चरीत्र

बिगठन क्षमता

बिगठन मानसिकता को

केन्द्र बिन्दु हो परदेशी ।


बिक्रम शिशिर

Facebook Comments Box