जोन्टा क्लव अफ पोखराको महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम को आयोजना

पोखरा । जोन्टा क्लव अफ पोखराले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानका अवसरमा क्लवले पोखरामा विद्यालय स्तरिय निबन्ध प्रतियोगिता र बालविवाहको अन्त्यका लागि तयार पारिएको भिडियो सामाग्री सार्वजनिक गरेको क्लवका अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिनुभयो ।
कार्यक्रममा कुमुदिनी होम्स माध्यमिक विद्यालय, पश्चिमाञ्चल माध्यमिक विद्यालय, विन्द्येश्वरी आर्दश बोर्डिङ स्कुल र गुरुकुल विद्याश्रमसंगको सहकार्यमा निबन्ध प्रतियोता सम्पन्न गरेको क्लवका अध्यक्ष गोशलीले जानकरी दिनुभयो । यस्तै बालबिवाह अन्त्यसम्बन्धी क्लवका सदस्य तथा एड्भोकेसी कमिटी सदस्य सुबि तन्दुकरले तयार पारेको भिडियो प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले सार्वजनिक गर्नुभयो । साथै सो कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम , द्वितिय, तृतिय हुने विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र सहित पुरस्किृत गरिएको क्लवका कोषाध्यक्ष नम्रता दाहाल थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा कुमुदिनी होम्सका अभिनव बानिया, दिप्सन कोइराला र दिया गुरुङ क्रमश प्रथम, द्वितिय, र तृतिय घोषित भए । यस्तै पश्चिमाञ्चलका आकृति अधिकारी, गरिमा ढुंगेल र जेसिका गुरुङ क्रमश प्रथम द्वितिय, र तृतिय भए । त्यस्तै विन्द्येश्वरी आर्दशका पुजा सुनार प्रथम, सितल कंडेल द्वितिय र सोचना श्रेष्ठ तृतिय भए ।
त्यसैगरि गुरुकुलका सज्जल सुनार, मनिला क्षेत्री र दिया गुरुङले क्रमश प्रथम, द्वितिय, र तृतिय स्थान हाँसिल गरेको क्लवले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कास्कीमा महिला हिंसा बिरुद्द शुन्य सहनशिलता अपनाइने प्रतिवद्धता ब्यक्त गर्नुभयो । आचार्यले हरेक कार्यक्रम गर्दा आफ्नो आमाले सम्झेर ब्यबहारिक र प्रभाबकारी कार्य गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै १६ दिने अभियानको नारा “घरबाटै शुरु गरौं , महिला हिंसा अन्त्य गरौं” नारालाई ब्यबहारमा अनुबाद गर्न आग्रह गर्नुभयो । शिक्षासेवी पद्मा पराजुलीले यो दिवस एक थान दिवस मात्र नभई महिला अधिकारकोलागि महत्वपूर्ण अभियान भएकाले सबैलाई गम्भिरतापूर्बक लिन आग्रह गर्नुभयो ।
कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विश्वभरका महिला तथा बालिका विरुद्ध हुने हिंसा अन्त्यका गर्ने र कारवाही गर्न प्रेरित गर्ने अन्तराष्ट्रिय अभियान अन्र्तगत क्लबले आयोजना गरेको जोन्टा क्लव अफ पोखराका महासचिब रोजिना रंजित बिजुक्क्षेले बताउनुभयो । विश्वमा कोरोना भाइरस संक्रमणको महामारीको सामना गरिरहेका बेला घरेलु हिंसा, लैङ्गिक हिंसाका घटनाहरु बढीरहेको भन्दै यसको अन्त्यको लागि एक जुट भएर काम गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
प्रत्येक वर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म चल्ने महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवधीमा हिंसाहरुको रोकथामका लागि रोकथाम, महिलाहरुको संरक्षण र अभियोजनमा केन्द्रित हुनका लागि बहस, पैरवी र वकालत गर्ने प्रयासहरुमा भाग लिनपनि क्लवले सवैलाई आग्रह गरेको छ ।

Facebook Comments Box