चौरासी पुजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. ३० निवासी लालमोहन कंडेल तथा श्रीमती राधिका कंडेलको परिवारले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गर्नु भएको छ ।
बुधबार कंडेलको चौरासी पुजाको अवसर पारेर मञ्चलाई रु. पाँच हजार पाँच सहयोग गरिएको हो ।
लेखनाथ पत्रकार मञ्चले पत्रकारिताका क्षेत्रमा गर्दै आएका गतिबिधिलाई थप टेवा पु¥याउने उद्धेश्यले उक्त सहयोग गरिएको कंडेलका छोरा हेमन्त कंडेलले बताउनु भयो ।
कंडेलका भाई लक्ष्मी प्रसाद कंडेल, छोरीहरु मैया, शोभा, मिना, बुहारीहरु गंगा, भावना नाति सयल, अभिशेक लगाएत परिवारका सदस्यहरु इस्टमित्र गुरुजन तथा निम्तालुहरुको उपस्थितिमा सहयोग लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष सुमन जिसी लाई हस्तान्तरण गरिएको थियो ।
सहयोग ग्रहण गर्दै मञ्चका उपाध्यक्ष जिसीले सहयोगको सहि सदुपयोग गरिने बताउदै शित उभाएर घैला भर्ने लक्ष्यका साथ अगाडि बढाईएको मञ्चको अक्षयकोषमा उक्त सहयोग रकम रहने जानकारी दिनुभयो ।
दाताहरुलाई मञ्चका सचिव विष्णुहरि पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य कृष्ण प्रसाद लामिछानेले दाताहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्वस्ति वाचन गर्नु भएको थियो ।

Facebook Comments Box