चैत १गते विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाईने
“नयाँ विश्व नयाँ रेडियो”नाराका साथ चैत १ (फेवरवरी १३) गते विश्व रेडियो दिवस यो बर्ष पनि विभिन्न कार्यक्रम गरि मनाउन लागिएको ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका महासचिव दुर्गा अधिकारीले प्रेस बिज्ञप्ति मार्फत जानकरी गराउनु भएको छ ।
विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि यस एसोसिएसन र एण्टेना फाउण्डेशनको सहकार्यमा विविध कार्यक्रमगरि विश्व रेडियो दिवस मनाउन लागेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । विश्व रेडियो दिवसको अवसरमा प्रशारण गर्ने गरि २०७७ माघ ३० गते “नयाँ विश्व नयाँ रेडियो” विषयमा केन्द्रित रहेर सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ज्यूसँग कार्यक्रम रेकर्ड गर्न लागिएकोले माननीय सञ्चारमन्त्रीलाई सोध्नु पर्ने कुनै विषय भए यहि माघ २९ गते बेलुका सम्म ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सचिवालयमा इमेल वा फोन कुनै माध्यबाट उपलब्ध गराईदिनु हुन बिज्ञप्तिमा अनुरोध गरिएको छ ।
उक्त रेकर्ड भएको कार्यक्रम फागुन १ गतेको नेपाल चौतारि मार्फत देशैभर प्रशारण गरिने बिज्ञप्तिमा छ ।