गैरसरकारी संस्था नौलो घुम्ती नेपाललाई सहारा युकेले ७ लाख ५२ हजार

पोखरा । बिगत लामो समयदेखि सामाजिक सेवामा समर्पित पोखराको एक गैरसरकारी संस्था नौलो घुम्ती नेपाललाई सहारा युकेले ७ लाख ५२ हजार सहयोग गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा सहारा युकेका संस्थापक अध्यक्ष महेश गुरुङ र सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले ७ लाख ५२ हजारको चेक नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

नौलो घुम्ती नेपालका निवर्तमान अध्यक्ष खड्गबहादुर रानाभाटले संस्थामा उपचाररत दाजुभाइ दिदिबहिनीहरुको लागि सावना बाथ निर्माणका लागि उक्त रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै साहारा युके परिवारलाई धन्यवाद दिनु भएको थियो ।

नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव मिना गुरुङले गर्नु भएको थियो ।

Facebook Comments Box