गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृति

पोखरा । पोखरा स्थित हाम्रो नयाँ अवसर सामुदायिक संस्थाले आज कास्कीका सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृर्ति प्रदान गरेको छ ।
उक्त संस्थाले हेमजा स्थित अम्बिका माविमा कार्यक्रम गरी अम्बिका माविका ६, फुम्रोखु माविका ८ तथा भुमेश्वर माविका ३ विद्यार्थीलाई जनही १० हजारका दरले पर्ने गरी नगद तथा जिन्सी छात्रबृर्ति प्रदान गरेको हो ।
त्यस्तै कन्या मावि नदीपुरको कार्यक्रममा कन्याका १२, सरस्वती टिका माविका ६, ज्ञानज्योति मावि ६ र जनता आधारभूत विद्यालयका २ विद्यार्थीलाई सोही परिणामका छात्रबृर्ति प्रदान गरियो।
संस्थाका अध्यक्ष देवीलाल दाहालले जापान ग्रुप ओनोकाको संरक्षकत्वमा कार्यक्रम गरिएको स्पष्ट पार्दै यस वर्ष कास्कीका कुल ४३ विद्यार्थीले छात्रवृर्ति पाइसकेको तथा तनहुँका २० विद्यार्थीलाई पनि प्रदान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments Box