गभर्नर महाप्रसाद अधिकारीअलाेकप्रिय् भन्दै बिराेध पत्र,घेराउ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कर्मचारी बिच अलाेकप्रिय् भएका छन् । जसको परिणामस्वरूप १० महिना नपुग्दै उनको निर्णयविरुद्ध उत्रिएका कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाउने समेतका कार्य गरिरहेका छन् । राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार बढुवा कार्यसम्पादन मूल्यांकन र बरिष्ठताको आधारमा गरिने पदपूर्तिका लागि बढुवा दरखास्तमा उल्लेख गरिएको थियो ।तर गभर्नर अधिकारीले सोको कार्यन्यवन नगरी आफूखुसी बढुवा गरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ विरोधमा उत्रिएको हो ।

रिक्त रहेको उप–निर्देशकमा कार्यसम्पादन मूल्यांकन १८९.७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको उल्लेख छ ।

तर गभर्नर अधिकारीले आफ्नो कार्यालयमा जिम्मेवारी समेत राम्रोसँग पुरा नगर्ने एक जना चार्टर्ड एकाउण्टेन्ड सहायक निर्देशकलाई भनसुनको आधारमा बढुवा गरेको राष्ट्र बैंकै कर्मचारीहरुको आरोप छ ।

‘गभर्नर अधिकारीले बरिष्ठतामा ७५ नम्बरमा रहेका नियमन विभागका चार्टर्ड एकाउण्टेन्ड साहायक निर्देशक जगदिश कुमारलाई १४ नम्बरमा ल्याएर वढुवा गरी उप निर्देशक बनाएका छन् ।

गभर्नरलाई गेटमै घेराउ गरेर कर्मचारी संगठनले प्रश्न गर्दै निर्णय सच्याउन पत्र बुझाएका छन भने ‘गभर्नरले आइतबार पत्रको जवाफ दिने भाका राखेका छन् ।

Facebook Comments Box