गण्डकी अस्पताल गेटमा युआरएलको पाँचौं शाखा

पोखरा । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा युआरएलको पाँचौं शाखाका रुपमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो ।
पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको जानकारी दिदै संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् दक्ष र अनुभवी कर्मचारीले गुणस्तरीय सेवा दिने बताउनुभयो । उहाँले गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने बताउनुभयो ।
युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने जानकारी दिदै होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका परीक्षणमा पनि वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको बताउनुभयो ।
युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालनमा गरिसकेको छ ।

Facebook Comments Box