खोप सुनिश्चितताका लागि कोप्सको ज्ञापनपत्र

पोखरा । सम्पूर्ण प्रारम्भिक सहकारी संस्था, सहकारीका अध्यक्ष, सञ्चालक एवं कर्मचारीहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)ले सहकारीकर्मीहरुलाई खोप सुनिश्चितताको माग गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसमक्ष शुक्रबार ६ सुत्रे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
उक्त टोलीले मुख्य मन्त्री नेपाली, अर्थ तथा योजना मन्त्री रामजी बराल जीवन, गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसमक्ष उक्त ज्ञापनपत्र बुझाएको कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो ।
बचत तथा ऋणको कारोबार, उत्पादन क्षेत्र र सेवा क्षेत्रमा योगदान गर्ने सहकारी सञ्चालक एवं कर्मचारीहरुको जीवन रक्षाको निम्ति खोप सुनिश्चितताको माग गर्दै ज्ञापन पत्र बुझाइएको बाघमारा बहुउद्देश्यीय साकोस सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका बरालले जानकारी दिनुभयो ।
मुख्य मन्त्री नेपालीले स्वयंसेवाकको रुपमा सहकारी अभियानमा योगदान गर्ने सञ्चालक तथा कर्मचारीहरुलाई क्रमश खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीमार्पmत प्रदेशको आर्थिक रुपान्तरणमा ऐक्यवद्धता जनाउँदै प्रदेशको कृषि, पर्यटन तथा जलविद्युतका क्षेत्रमा लगानी गर्न सम्पूर्ण सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो ।
अर्थ तथा योजना मन्त्री बरालले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सहकारीले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै सहकारीका समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
सल्लाहकार धूव्रराज चालिसेले सहकारी क्षेत्र देशको तीन खम्बे अर्थतन्थमध्येको एक भएपनि खोप वितरणमा भने सहकारीकर्मीहरुलाई प्राथमिकतामा नराखिएकोमा चिन्ता व्यक्त गर्दै कोप्स सेन्टरले स्वयंसेवकको रुपमा सहकारीको सञ्चालक, लेखा समिति, ऋण उपसमिति, शिक्षा समिति लगायतका पदाधिकारीमा रहि अग्रपङ्तीमा सेवा गर्ने सहकारीकर्मीहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ज्ञापन पत्र बुझाउने टोलीका सहभागीहरुले कोभिड–१९ का कारण सहकारी क्षेत्रमा परेको आर्थिक प्रभाव तथा जोखिम न्यूनिकरणका लागि प्रदेशले नितीगत रुपमा कर छुटको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए । खोप वितरण गर्दा सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेको उनीहरुले गुनासो पोखे ।
ज्ञापनपत्र बुझाउन जाने टोलीमा कोप्स जिल्ला समिति कास्कीका अध्यक्ष तथा नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धर्मराज अर्याल, सचिव तथा लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दीपक प्रसाद घिमिरे, अर्थ निर्देशक तथा जय गणेश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष सविन जि.सी., औद्योगिक निर्देशक तथा ढाकाचोली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पार्वती ढकाल, कोप्स सेन्टरका सल्लाहकार तथा मेगा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धूव्रराज चालिसे, अर्का सल्लाहकार तथा सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टिकाराम पौडेल सहभागी थिए ।
उक्त ६ सुत्रे ज्ञापनपत्रमा सहकारी सञ्चालक तथा कर्मचारीहरुको जीवन रक्षाका लागि खोप सुनिश्चितता गर्ने, कोभिड–१९ का कारण सहकारी क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि कर छुटको व्यवस्था मिलाइनुपर्ने, प्रदेश सरकारले नितीगत रुपमा कोअपरेटिभ रिकभरी प्लान ल्याउनुपर्ने साथै सहकारी सूचना केन्द्र स्थापना, सहकारीको चेक क्लेरिङ हाउस सञ्चालन, प्रदेश सरकारकै पहलमा सहकारी प्रदेश सहकारी बैंक स्थापना गरिनुपर्ने, अन्तर सहकारी कारोबारलाई जोड दिन निती अवलम्बन गरिनुपर्ने, कोभिडका कारण ज्यान गुमाउनुपरेका सहकारीकर्मीहरुको अभिलेखिकरण गरी उनीहरुललाई राहत प्याकेजको व्यवस्था मिलाइनुपर्ने लगायतका माग राखिएको कोप्स सेन्टरका अध्यक्ष बरालले जानकारी दिनुभयो ।

Facebook Comments Box