खानेपानी आयोजनामा पूर्व अध्यक्ष पोखरेलको चासो

पोखरा । नेपाल खानेपानी संस्थान सञ्चालक समितिकापूर्व अध्यक्ष डा.परमेश्वर पोखरेलले पोखरा खानेपानी आयोजना निर्माणमा चासो देखाउनु भएको छ । पोखरा–१५ कोलपाटनमा निर्माणाधिन पोखरा खानेपानी शुद्धीकरण आयोजनाको ओभरहेड पानी ट्यांकीअवलोकन गर्दै पानीको अभाव हुन नदिन संंस्थानलाई आग्रह गर्नु भएको छ । अवलोकनमा स्थानीय समाजसेवी सहित पुग्नु भएको डा.पोखरेलले पोखरेलीनागरिकलाई शुद्ध पिउने पानीवितरण खानेपानी संंस्थानबाटै सम्भव हुने बताउनु भयो । साथैउनले आफ्नो ४ वर्षे कार्यकालमाभएको नतिजाले भविष्यसम्मप्रभाव परिरहने उल्लेख गर्दै थप योजना ल्याउन आफू क्रियाशील भईरहन बताउनु भयो ।
ई.डा.पोखरेलले स्थानीयलाई पानीवितरण योजना अगावै स्थानीय क्षेत्रमा हुनुपर्ने साना योजना कार्यालयलाई बुझाउन आग्रहसमेत गर्नुभयोे । अवलोकनमा पुगेका नेपाली काँग्रेस पोखरा १४ का सभापति बोधराज कार्कीले संस्थानसँग सम्झौता गर्न आफूहरु तयार रहेको भन्दै उपभोक्तालाई सहजखानेपानीको व्यवस्थापनमा योजना ल्याउन खानेपानी संस्थान पोखराका कार्यालय प्रमुखसँग आग्रह गर्नु भयो । संस्थान पोखरा शाखाका प्रमुख कार्कीले निर्माण आयोजनाको तीब्र रुपमा काम भइरहेको बताउँदै हालसम्म ३१प्रतिशतकाम सम्पन्नभएको बताउनु भयो ।
जापानीज सरकार जाइकाको करिव ५ अर्ब रुपैयाँको सहयोगमानिर्माण भइरहेको शुद्धीकरण आयोजनाअन्तर्गत ३ वटा ओभरहेड पानी ट्यांकीनिर्माण अन्तिम चरणमा गइसकेको आयोजनाकाइन्जिनियर सन्तोषकुमार दासले जानकारी दिनु भएको थियो । पोखरेलको नेतृत्वम ास्थानीय चिरञ्जिवी बराल, मोति वानियाँ, तिलक लम्साल, रामजी जि.सी.लगायतको टोली अवलोकनमा पुगेका थिए ।

Facebook Comments Box