क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्की पोखराद्धारा घटस्थापना तथा क्षत्री दिवस सम्पन्न 

पोखरा । बडा दशै २०७८ को सुरुवात अर्थात् घटस्थापना तथा क्षत्री दिवसको अवसर पारेर क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति पोखराले आज एक कार्यक्रम का साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर क्षत्रीले गर्नुभएको थियो भने सभाको कार्यक्रमको अध्यक्षता जिल्ला बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ साथै शुभकामना मन्तब्य दिनेहरुमा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा ,गन्डकी प्रदेश प्रमुख बेणि बहादुर बस्नेत ,जिल्लाका उपाध्यक्ष इन्द्रबहादुर थापा लगायतले समाजले गरेका कुराहरु आउने पर्वहरुको पनि सबैले जगेर्ना गर्नुको साथै हामीमा एकता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम सन्चालन जिल्ला सचीव भरत थापाले गरेको जिल्ला प्रवक्त्ता राजेन्द्र खत्रीले बताउनु भयोआजको दिन क्षत्री समाजका बिशिस्ट ब्यक्तिहरुको उपस्तिथिमा समाजको प्रधान कार्यालयमा दुर्गा मन्दिर स्थापनार्थ शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

Facebook Comments Box