क्रिस्टियानो रोनाल्डोको प्रेमिका जर्जिना रोड्रिगेजको जन्मदिन आलोचित

इटालीको प्रहरीले विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गर्दै यात्रा गरेकाले अनुसन्धान सुरु गरेको छ ।
रोनाल्डोले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।

रोनाल्डो प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए । जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज हटाइएको छ ।
कोरोनाभाइरसको महामारीबाट अति प्रभावित प्रमुख देशमध्ये इटाली पनि एक हो । जहाँ हरेक दिन कोभिडका कारण सयौंको मृत्यु हुनुका साथै हजारौँ संक्रमित हुने गरेका छन् ।
रोनाल्डो आफैँलाई पनि कोभिड संक्रमण भइसकेको थियो । संक्रमित हुनुअघि पनि उनी पोर्चुगलको यात्रा गरेकोमा आलोचित बनेका थिए ।

Facebook Comments