कोरोना भ्याक्सिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्न स्वाबलम्बन जीवनपद्वति केन्द्रको ध्यानाकर्षण

कोरोना विरुद्ध दिईने खोप अभियानमा अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकता दिई अविलम्ब खोप उपलब्ध गराउन भच्र्युल पत्रकार सम्मेलन मार्फत स्वाबलम्बन जीवनपद्वति केन्द्र पोखराद्वारा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
स्वाबलम्बन जीवनपद्वति केन्द्र पोखराका अध्यक्ष हेम बहादुर गुरु¨ले आज सिङ्गो विश्व समुदाय कोभिड-१९ महामारीसँग जुधिरहेको समयमा यसको असर नपरेको कुनै पनि भूगोल, वर्ग, क्षेत्र र समुदाय नरहेको बताउदैं अपाङ्गता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा रहेकाले उनीहरुका लागि पहुँचयुक्त भौतिक पूर्वाधार, सञ्चार सेवा, पिसीआर परीक्षण स्थल, आइसोलेसन सेण्टर, उपचार गर्ने अस्पतालहरु समेत कमै मात्रामा रहेको जानकारी दिनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार प्रत्याभूत हुने समेत भएकाले यस वर्गलाई खोपमा उच्च प्राथमिकता दिनु अत्यावश्यक रहेको बताउनु भयो ।
स्वाबलम्बन जीवनपद्वति केन्द्र पोखराका महासचिव अन्जना केसीले व्यक्तिगत सहयोगी, परिवारका सदस्यहरु, सहकर्मी तथा सहयोगीहरुको सहयोगबाट जिविकोपार्जन गनर्पुर्ने वर्ग कतै महत्वपूणर् अधिकारको रुपमा रहेको स्वास्थ्य अधिकारबाट वञ्चित भएका त छैनन् भन्ने प्रश्न खडा भएको जनाउँदै अपाङ्गता भएका व्यक्तिहरुलाई पीसीआर परिक्षणमा विशेष प्राथमिकता दिनु जरुरी रहेको बताउनु भयो ।
यसै गरी अध्यक्ष गुरु¨ले अपांगता भएका व्यक्तिहरुको पिसिआर परीक्षण, संक्रमितको संख्या लगायतका सूचनाहरुको व्यवस्थित तथ्यांक राख्न छुट्टै अभिलेखिकरण गर्न आवश्यक रहेको स्मरण गराउँदैं सरकारले जोखिमको क्षेत्रको पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सकेमा अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुको परिवार, सहयोगी तथा समुदाय समेत सुरक्षित रहने जानकारी दिनु भयो ।

Facebook Comments Box