कोरोना खोपमा स्वास्थ्य समस्या देखियो

नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपमा स्वास्थ्य समस्या देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कणर्ाली प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कणर्ाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले जानकारीदिनु भयो । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ ।
३ दिनको अवधिमा कसैलाई पनि जटिल समस्या नदेखिएकाले प्राथमिकतामा परेका व्यक्तिलाई ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
तीन दिनको अवधिमा ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका छन् । खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिए पनि केही समयपछि आफै निको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
औषधि तथा खोप ऐनमा औषधि तथा खोपको साइड इफेक्ट देखिएर स्वास्थ्यमा समस्या भए क्षतिपूर्ति सम्वन्धित निकायले तिर्ने उल्लेख छ । यस्तै खोप लगाएकै कारणले कुनै व्यक्तिको अङ्गभङ्ग भई गम्भीर प्रकारको शारीरिक समस्या भएमा वा मृत्यु भएको खण्डमा निजको नजिकैको हकवालालाई खोप दिने निकायले वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

Facebook Comments Box