कुमार नगरकोटीद्वारा लिखित कथा संग्रह ‘कल्पग्रन्थ’ को वितरण सुरु

कुमार नगरकोटीद्वारा लिखित कथा संग्रह ‘कल्पग्रन्थ’ को वितरण सुरु भएको छ ।

पत्रकार तथा लेखक नारायण वाग्लेलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तकको वितरण सुरु भएको प्रकाशक बुक हिलले जनाएको छ ।

पुस्तक गत वर्षको चैतमै सार्वजनिक गर्ने बताइएको थियो । कोरोना भाइरसका कारण वितरण रोकिएको थियो ।

पाठकबाट पूर्व भुक्तानी लिई ‘लिमिटेड इडिसन’ को रूपमा पुस्तक मुद्रण भएको थियो ।

बुक हिलले एक सातामा स्वदेश तथा विदेशका सबै पाठकमा पुस्तक वितरण गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

कल्प(ग्रन्थमा विभिन्न शैलीका ७० वटा प्रयोगात्मक कथा रहेका छन् ।

Facebook Comments Box