कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उहाँको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उहाँकोे स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
यसैबीच कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसंग तत्कालका लागि भेटघाट नगर्न आग्रह गर्नुभएको छ ।
उहाँको एक अपिलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँ आइसोलेशनमा रहेकाले भेटघाट नगर्न आग्रह गर्नुभएको छ् ।

Facebook Comments Box