कास्की काँग्रेसद्वारा मेयर जिसीको स्वास्थ्यलाभको कामना

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यलाभको कामना गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
‘उहाँलाई मस्तिष्कघात भएको भन्ने खबरले हामीलाई दुःखी बनाएको छ, विज्ञप्तिमा भनिएको छ, स्वास्थ्यलाभ गरी छिट्टै पोखरेलीको सेवामा जुट्नु हुने अपेक्षा गरेका छौं।’
विज्ञप्तिमा उहाँको उपचारमा कुनै कमी आउन नदिने वातावरण मिलाउन पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

Facebook Comments Box