औधोगिक क्षेत्र स्थापना गर्ने बारे सरोकार वालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न

लेखनाथ । गण्डकी प्रदेशका उद्योग, पर्यटन बाणिज्य तथा आपुर्ति मन्त्री माननिय मणिभद्र शर्मा कडेलको नेतृत्वमा पोखरा महानगरपालिका वडा नं. ३३ को पुणिटार र पुणिटारसंगै जोडिएको शुक्लागण्डकी नगरपालिकाको बडा नं. ९ को तालवेशीमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा यहि मिति २०७८ साल कार्तिक १७ गतेका दिन अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा माननिय मन्त्रीज्यू सहित लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेउवामहासंघका केन्द्रिय सदस्य बावुराम गिरी, नेउवामहासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोईराला, शुक्ला गण्डकी उवासंघका अध्यक्ष हरिकुमार श्रेष्ठ जिल्ला समन्वय समिति तनहुंका प्रमुख शान्तिरमण वाग्ले, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, तनहुं जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, शुक्ला गण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, , ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, कास्की, तनहुं र लेखनाथका मालपोत तथा नापी कार्यालयका प्रमुखहरु, डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार वराल, शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य, शुक्ला गण्डकी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्र्की, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव उपेन्द्रराज सुवेदी (राजु), दुवै तर्फका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरु, स्थानिय समाजसेवी राजनैतिक दलका प्रतिनिधी तथा त्यस क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
शुक्ला गण्डकी तर्फ भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति तनहुंका प्रमुख शान्तिरमण वाग्लेले र पोखरा महानगरपालिकाका तर्फको भागमा भएको कार्यक्रमको अध्यक्षता पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले गर्नु भएको उक्त कार्यक्रममा अधिकांश सहभागीहरुले यस क्षेत्रमा औद्योगिक क्षेत्रको स्थापना गरि औद्योगिक ग्रामको स्थापना गर्नु पर्ने कुरामा सहमती जनाउनु भएकोे थियो भने सोहि अवसरमा स्थानिय जनप्रतिनिधीहरुले यस क्षेत्रमा गरिने औद्योगिक क्षेत्रको स्थापनामा आफुहरुको पुर्ण साथ र सहयोग रहने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा सहभागि लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयका अनुसार देश बिकासको मेरुदण्डको रुपमा रहेको उद्योगको बिकास नगरी देशको बिकास हुन नसक्ने हुंदा यस अघि पटक पटक लेखनाथ उद्योग बाणिज्यले औद्योगिक क्षेत्रको स्थापनाको लागि नेपाल सरकार लगायत सरोकारवाला अन्य निकायहरुको ध्यानाकर्षण गराउदै आईरहेकोे वताउनु भएको थियो ।

Facebook Comments Box