एन प्याव्सन कास्कीको साधारण सभा सम्पन्न

पोखरा । नेशनल प्याव्सन कास्कीको साधारण सभा पोखरामा शनिवार सम्पन्न भएको छ ।
नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानु पर्ने बताउनुभयो । उहाँले एन प्याव्सन कास्कीले गरेका हरेक गतिविधि उल्लेखनिय रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके विद्यालय धरासयमा पर्ने बताउनुभयो ।
नेशनल प्याव्सनका केन्द्रीय सदस्य रामबहादुर थापाले संस्थागत विद्यालयलाई नेपाल सरकारले हरेक तवरले दवाव दिन थालेको बताउँदै संस्थागत विद्यालयहरु एक जुट भएर लाग्नु पर्ने उल्लेख गर्नुभयो ।
नेशनल प्याव्सनका केन्द्रीय सदस्य तथा नेशनल प्याव्सन कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीले शिक्षण पद्धतीमा परिमार्जीत गरेर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याव्सनको केन्द्रीय सदस्य मनोनित भएकोमा नेशनल प्याव्सन कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीलाई सम्मान गरिएको थिए ।
कार्यक्रममा नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष रत्ना गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments Box