एन प्याब्सन कास्कीको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला

समय सापेक्ष शिक्षा आजको आवश्यकताः शिक्षामन्त्री श्रेष्ठ

पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । गोष्ठी दुई दिन सम्म चल्ने छ । गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गर्नुहुने छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँनुभयो ।

प्राविधिक शिक्षा तर्फ अगाडि बढ्न नसके देशले फड्को मार्न नसक्ने उहाँको तर्क थियो । उहाँले समाज उपयोगि, उत्पाद र आत्मानिर्भर तर्फ शिक्षालाई जोड्न नसके सम्म जिम्वेवारी पुरा नहुने बताउँनुभयो ।

यस प्रदेशमा शिक्षा क्षेत्रलाई परिस्कृति गरी लैजान सरकार सधै निजि विद्यालयसँग हातेमालो गरेर अगाडि वढ्ने उहाँको भनाई थियो ।

‘हामी निजि विद्याललाई हतोत्साईत गर्ने होइनकी साझेदारीको रुपमा अगाडि बढ्ने छौं’ उहाँले भन्नुभयो, ‘ एने नियमावलीमा केहि असहज भए सँगै वसेर सुधार गर्न हामी सधै तयार नै छौं।

उहाँले निजि क्षेत्रलाई अलग्यायर सररकार कहिल्यै पनि सफल नहुने बताउँदै वर्तमान सरकार निजि क्षेत्रसँग सहकार्य गरेरै अघि वढ्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारयण श्रेष्ठले स्तरीय प्रश्नपत्रले नै शिक्षण सिकाइको सकारात्मक प्रभाव छोड्ने बताउँदै सामुदायिकसँगै निजि विद्यालयका शिक्षकलाई पनि सँगसँगै तालिमका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षा क्षेत्रको विकास गर्नका लागि गुणस्तरीय परीक्षाको खाँचो पर्ने बताउँनुभयो ।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले शिक्षाको गुणस्तर वृद्धि गर्न यो गोष्ठी कोषेढु·ा सावित हुने बताउँनुभयो ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अझै पनि व्यवसायिक र प्राविधिक शिक्षाको जग वसाल्न नसकेको बताउँनुभयो ।

युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङले निजि विद्यालयका शिक्षकहरु अझै पनि सरकारी क्षेत्रबाट दिने तालिमबाट वञ्चीत भएको बताउँनुभयो ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box