एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्ला

काठमाडौं, एनसीसी बैंकले आइतबार फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन फागुन १० गते दिउसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खोलिनेछ ।

Facebook Comments