इन्भेष्टर फोरम कास्कीको अध्यक्षमा श्रेष्ठ

पोखरा । शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम कास्की तदर्थ समिति गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, शान्ति कडेंल, सन्देश गोदार, क्षितिज बराल र सुदन गुरुङलाई चयन गरेको छ ।
सो समितिको सल्लाहकार बिनोदकुमार वैद्य, मेघनाथ कुँवर, युक्तबहादुर सुवेदी र विष्णु पराजुलीलाई चयन गरेको छ ।
कार्यक्रममा शेयर मार्केटमा देखिएको वर्तमान परिस्थिति, यसका चुनौती र अबसरको बारेमा मनोज पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम संयोजक मेघनाथ कुँवरले पोखराको इतिहासमा पहिलो ऐतिहासिक संस्था हुने बिश्वास गर्दै लगानी मैत्री प्रशासन हुनु जरुरी रहेको धारणा राखेका थिए ।
भेलामा भरर्खर शेयर मार्केटमा लागेका कक्षा ११ पढ्ने विद्यार्थी, विभिन्न पेशा व्यवसाय छाडेर शेयरमा लगानी गर्ने, दैनिक शेयरको कारोवार गर्ने देखि ४०÷४५ बर्षदेखि शेयरमा लगानी गर्नेहरुको उपस्थिति रहेको थियो ।
व्यवसायी अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कमलकुमार कोइरालाले गर्नु भएको थियो ।

Facebook Comments Box