आहा रारा गोल्डकपको उपाधि संकटालाई

पोखरा । आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटाले १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
१९ औं संस्करणको फाइनलमा निर्धारित ९० मिनेर थप गरिएको ३० मिनेटको समयमा १—१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटन धकेलिकएको थियो ।
पेनाल्टी सुटआउटमा ४—२ गोल अन्तरले विजयी हुँदै संकटाले उपाधि चुमेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सके । पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझाउनु पर्‍यो ।
आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर हुनु भएको छ ।
त्यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारेका छन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गर्नु भएको छ ।

Facebook Comments Box