आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक


पोखरा । लोकदोहोरी गायीका आरती अधिकारीको लोकदोहोरी भाका “लुकी लुकी मायाले” बोलको गित सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय र शब्दमा रहेको उक्त गितमा आरती अधिकारी र कृष्ण पौडेलले स्वर दिनु भएको छ ।
पोखरा आसपासमा छांयाकंन गरिएको गितको निर्देशन पोखरेली युवा निर्देशक होम गुरुङले गर्नु भएको हो । गित गणेश सापकोटाले छायांकन गरेका हुन् भने अन्तिम सम्पादनको काम भने सुवास अमगाईले गर्नु भएको हो ।
गायीकामा अधिकारीले मालश्री स्टुडियो काठमाण्डौ र गायक पौडेलले दोहा कतारमा नै गित रेकर्ड गर्नु भएको हो । गितको एरेन्ज बिनोद बाजुरालीले गर्नु भएको हो भने, गितमा लोमस शर्मा र अमृता सापकोटाको बेजोड र जिवन्त अभिनय रहेको छ ।


गित समयसान्दर्भीक, मनोरञ्जनात्मक र सवैको मनमा बस्न सक्ने खालको रहेको गायीका अधिकारीले बताईन् । गित शिव हमालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । अधिकारीको “लुकी लुकी मायाले” बोलको गित चौठौँ सृजना हो ।

Facebook Comments Box