असिनापानीले करोडौँको खेतीबाली तथा तरकारीमा क्षति

पोखरा, पोखरामा हिजो दिउसो परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । कास्कीको पोखरा महानगरपालिका अन्तर्गत सराङकोट, हेम्जा, कास्कीकोट , भरतपोखरी , निर्मलपोखरी , लेखनाथ लगायतका ब्यवसायिक कृषिको पकड क्षेत्रमा लगाइएका मौसमी बालीमा बढी क्षति पुगेको हो ।

बढ्दै गरेका मकै, घिरौला, काक्रो, सिमी, फर्सी, खुर्सानी, गोलभेंडा लगायतका झालपात र कोदोको बीउमा समेत असिनाले क्षति पुयाएको स्थानीयले नगेन न्यूजलाई जानकारी दिनुभयो ।

असिनाकै कारण भरतपोखरीमा मात्रै करिव पन्ध्र लाखको क्षति भएको स्थानीय कृषक टिकाराम अधिकारीले नगेन न्यूजलाई जानकारी दिनुभयो । उक्त स्थानमा दिउँसो २ बजेपछि करिव १ घण्टा बाक्लो असिना परेको हो ।

Facebook Comments Box