अष्ट्रेलियामा नेपाली बने स्टेट च्याम्पियन

धरान २०७८\०६\२६० अष्ट्रेलियाको व्यस्त समयको बाबजुद पनि विजय सिंग तामाङले साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल हुनु भएको छ ।

उक्त उपाधि जितेसँगै उहाँ अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बन्न्ु भएको छ । उहाँले अष्ट्रेलियामा काम गर्दै प्रतियोगिताको तयारी गरेका थिए । उहाँले विगत ११ वर्षदेखि जिम गरिरहनु भएको छ ।

वि।सं। २०४५ साल श्रावण ६ गते भोजपुरमा बुवा मान बहादुर तामाङ र आमा स्वर्गिय अरुनमाया तामाङको कोखबाट कान्छो छोराको रुपमा उहाँको जन्म भएको थियो । उहाँका दुई दाजु र दुई दिदी रहेका छन् ।

भोजपुरमा जन्म भएतापनि उहाँ धरानमा नै हुर्किनु भएको हो । उहाँले धरान(१२ मा रहेको पब्लिक हाई स्कुलबाट एसएलसी र प्लस टू उत्तिर्ण गर्नु भएको हो । हाल उहाँ धरान(१४ विजयपुरमा बस्दै आउनु भएको छ । सरिना तामाङसँग विवाह गरेका उहाँको एक छोरा सेजुन तामाङ रहेका छन् ।

यसभन्दा पहिले उहाँले वि।सं।२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो तौत समूह ७०ं मा द्वितिय बन्न सफल हुनु भएको थियो । उहाँ अष्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत हुनुहुन्थ्यो ।
म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले उहाँलाई विशेष ट्रेनिङ दिनु भएको थिथो । म्यान फिजिक्स २०२१ प्रतियोगिता यहि अक्टोबोर ३ तारिखमा सम्पन्न भएको थियो ।

Facebook Comments Box