अमेरिकी रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी


अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी रहेको छ ।
नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको नासाले जनाएको छ ।
रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठाउँमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।
टिमानफाया नाम दिइएको ठाउँमा रोबोट अवतरण हुने ठानिएको अवतरण गर्नका लागि रोबोट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेनको भनाइ छ ।
कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अरु अवशेषहरु पत्ता लगाउन रोबोट पठाइएको हो ।

Facebook Comments Box