अपरिचित अनुहार : नेपाली कथामा नयाँ दृष्ट्रि

पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान समयका सिर्जनशिल, बुहआयामिकता भएको लेखकको रुपमा अथ्र्याउनु भयो । पौड्यालको क्रियाशिलता र उर्जा देखेर आफु आश्र्चय परेको भन्दै सुरुभक्तले उहाँकोे उर्जाको नमूनाको रुपमा अपरिचित अनुहार आएको बताउनु भयो ।
‘उहाँले जुन जुन क्षेत्रमा हात हाल्नु भएको छ, ती क्षेहरुमा महत्वपुर्ण उपलब्धि हाँसिलको गरेको म महशुस गर्दछु’ सरुभक्तले भन्नुभयो । पौड्यालको शिर्षकथा अपरिचत अनुहार सारै सुन्दर कथा लागेको छ । ‘उहाँको अभिव्यक्ती र कथा लेखनको शैलीमा नविनता भेटिन्छन्।’ सरुभक्तले अपरिचत अनुहारलाई परम्परा र नविनताको सेतु भएको टिप्पणी गर्नुभयो । नेपाली साहित्यको इतिहास प्रयोगात्मक भएको भएपनि प्रयोगबादको भूतलागेकाले जथाभावी लेख्ने गरेकोमा उहाँले असहमती जाहेर गर्नुभयो ।
अन्तरक्रियाका प्रमुख वक्ता तथा समालोचक राजकुमार बानियाले पौड्यालको अपरिचित अनुहारमाथी निर्मम समिक्षात्मक टिप्पणी गर्नुभयोे । बानियाले नेपाली लेखकहरु कथाको नाममा घटनाको मुचुल्का उठाउने बर्तमान समयमा पौड्यालले त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्ट्रि भित्रएको बताउनु भयो । उहाँले विगतका मानकमा पुर्नविचार गरेको जिकीर गर्नुभयोे । साहित्यलाई पत्रकारीताले लिड गरेको भन्दै विशिष्ट लेखकका रुपमा उभिएर पौड्यालले कथामा जेथा थपेको बताउनु भयो । सम्बेदना र अनुभुतिको कथा लेख्न खप्पिस कथाकार पौड्यालको लेखनमा धेरै सरलता भएको टिप्पणी गर्नुभयो ।
अर्का वक्ताको रुपमा मञ्चमा उभिएका समिक्षक अशोक थापाले मान्छको सम्वेदना र पात्रले उठाएको भावनालाई आफ्नो भावनाको कक्टेलको रुपमा प्रयोग गर्न स्र्माट कथाकारका रुपमा पौड्याललाई चिनाउनु भयो । भावना अथवा सेन्टिमेन्ट सबै भन्दा ठुलो कुरा भएका भन्दै थापाले अपरिचित अनुहारले सेन्टिमेन्टालिजमको समाराज्य खडा गरेको बताउनु भयो ।


दुवै वक्ताको समिक्षा पश्चात उपस्थित पाठकको जिज्ञासालाई समेटेर कथाकार महेश पौड्यालले आफ्ना कुरा राखेका थिए ।
पौड्यालले घटनाहरुको मुचुल्का लेख्ने खतरा आफुमा पनि रहेको स्वीकार गदै लेखकले सदासर्वता म फरक हुँ भन्ने कुरा भनिरहुनु पर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताउनु भयो । पोखराका विभिन्न सर्जक,साहित्यप्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा कथाकारले धन्यवाद व्यक्त गर्नुभयो ।
परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेका थिए। अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
‘साहित्य, कला र सङ्गीतको उत्थान’ हाम्रो प्रण’को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ ।

Facebook Comments Box