अनेमसंघ पोखरा ३० को अध्यक्षमा सुवेदी

पोखरा । अलिख नेपाल महिला संघ पोखरा ३० को सम्पन्न प्रथम अधिवेशनले मिना सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
संघको उपाध्यक्ष, गिता जमरकट्टेल,सचिव सृजना अधिकारी, सहसचिव इन्दु ताम्राकार, कोषाध्यक्षमा तारा थापा लगायत २६ जना सदस्य रहनु भएको छ ।
अनेमसंघ केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य प्रभा कोइरालाले उक्त अधिवेशनको उद्घाटन गर्दै नेताहरुको व्यक्तिगत स्वार्थको कारण नेकपा एमाले बिभाजन भएको बताउनुभयो ।
पार्टी बिभाजन गरेर मुलुक र जनताको समृद्धिको अभियानलाई प्रभावित बनाउने नेता एवम् पार्टीलाई जनताले निर्वाचनमा राम्रैसंग सवक सिकाउने विश्वास व्यक्त गर्दै उहाँले जनभावनालाई बुझेर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
महिलाको योग्यता क्षमता अभिवृद्धिका लागि पार्टीले सहयोग गर्नुपर्नेमा जोड दिंदै अनेमसंघ पोखरा महानगर इन्चार्ज समेत रहनु भएकी कोइरालाले संवैधानिक हक अधिकार प्राप्तिका लागि महिलाहरु संगठित भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
संघका अर्का केन्द्रीय सदस्य लोचना अधिकारीले महिलाहरु अधिकारको लडाईसंगै उत्पादनसंग जोडिएर आयआर्जन गर्ने तर्पm पनि ध्यानदिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले महानगरले महिलालाई उद्यमी बनाउनका लागि सञ्चालित उपमेयरसंग महिला कार्यक्रमबाट भरपूर फाइदा लिनेतर्पm लाग्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम पोखरा ३० का वडाअध्यक्ष श्रीराम पोखरेल, नेकपा एमाले वडाअध्यक्ष कृष्ण अधिकारी, अनेमसंघ महानगर संयोजक राजकुमारी भुजेल, पार्टी जिल्ला सदस्य दुर्गा न्यौपाने लगायतले पार्टीलाई मजवूद बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने धारणा राख्नु भएको थियो ।

Facebook Comments Box