अग्रसर दिदिबहिनीको शुभकामना आदानप्रदान

पोखरा । अग्रसर दिदिबहिनी समुहपोखरा ६ बैदामले नयाँबर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
प्रमुख अतिथि संस्थाका संरक्षक तथा पर्यटन ब्यबसायी प्रभा पौडेल सुवेदीले नयाँबर्षले नेपाल सहित संसारमा फैलिएको कोरानाबाट छिटो भन्दा छिटो मुक्ति पाउने विश्वास गर्दै हामीहरुले नयाँबर्ष मनाउदा स्वास्थ्यलाई ख्यालगरि मनाउन आग्रह गर्नुभयो ।
आउँदै गरेको नयाँबर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ र विश्वमा फैलिएको रोगबाट विश्व चाडै मुुक्त होस र संसारमा छरिएर रहेको प्रत्येक नेपालीको स्वास्थ्थ र दिर्घायु रहुन् भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समुहको अध्यक्ष शान्ति पहारीले बताउनु भयो ।
समुहकी अध्यक्ष शान्तिपहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता तिमिल्सीना सचिब विनिता बराल सह सचिब लिला तिमिल्सीना कोषाअध्यक्ष शारदा लम्साल सह कोषाअध्यक्ष संगिता पहारी र सदस्यहरु जया तिवारी ,जयन्ति आर्चाय, चन्द्रकला पहारी र शोभा जलारी लगाएतका बक्ताहरुले नयाँबर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामना गर्दैै विश्वमा फैलिरहेको कोरोना छिटै हटेर जाने विश्वास ब्यक्त गरेका थिए ।

Facebook Comments Box